नेपाल एग्रोको नाफा ६०० प्रतिशतले बढ्यो, अन्य सूचकमा देखियो यस्तो प्रगति



Bizpati

नेपाल एग्रो लघुवित्तले गत आर्थिक बर्षमा १ करोड ५७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तले २२ लाख ३५ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा ६०६.२१ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ८६ पैसा रहेको छ । 

यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५ लाख ५० हजारले ऋणत्मक रहेको  जगेडा कोष गत आर्थिक वर्षको अन्त्यमा  आउँदा बढेर १ करोड ७३  लाख ५८ हजारको भएको छ । 

लघुवित्तले उक्त अवधिमा १८ करोड ९४ लाख ०३ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा १० करोड ७५ लाख २३ हजार निक्षेप संकलन गरेको लघुवित्तले ७६.१५ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ४४ करोड ७४ लाख २६ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । 

सोहि अवधिमा लघुवित्तको कुल कर्जा लगानी भने ६२ करोड ४० लाख ६५ हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा ३२ करोड ८१ लाख २५ हजार मात्र कर्जा लगानी गरेको थियो ।  

लघुवित्तले उक्त अवधिमा १२ करोड ९३ लाख ७८ हजार ब्याजबाट आम्दानी गरेको छ भने ९ करोड ३१ लाख ५७ हजार व्याज भुक्तानी गरेको लघुवित्तको खुद ब्याज आम्दानी ३ करोड ६२ लाख २१ हजार रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ७९.६४ प्रतिशले बढी हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड १ लाख ६२ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

Read More
  • Financial Notices