राष्ट्र बैंकका आठ कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
राष्ट्र बैंकका आठ कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

नेपाल राष्ट्र बैंकको उच्च व्यवस्थापनले आठ जना कार्यकारी निर्देशकको सरुवा गरेको छ ।

बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकमा देवकुमार ढकाल आएका छन् । ढकाल यसअघि भुक्तानी विभागमा कार्यकारी निर्देशक थिए । नियमन विभागमा प्रमुख रहेका बमबहादुर मिश्र भुक्तानी विभागमा पुगेका छन् । उनी कामू कार्यकारी निर्देशक हुन् ।

त्यस्तै, वाणिज्य बैंक सुपरिवेक्षण विभागमा मुकुन्द क्षेत्री आएका छन् भने यहाँ रहेका महेश्वरलाल श्रेष्ठ संस्थागत सेवा विभागमा पुगेका छन् । मुकुन्द क्षेत्री यसअघि संस्थागत विभागमा प्रमुख थिए ।

विकास बैंक सुपरिवेक्षण विभागका भुवन कँडेल आन्तरिक लेखा परिक्षण विभागमा पुगेका छन् । यसअघि वित्त कम्पनी सुपरिवेक्षण विभागमा रहेका ऋषिकेश भट्ट विकास बैंक सुपरिवेक्षण विभागमा आएका छन् । अहिले वित्त कम्पनी व्यवस्थापन विभागमा प्रदिपराज पाण्डे पुगेका छन्, जो यसअघि संस्थागत विभागमा थिए ।

Read More
  • MBL