महुली लघुवित्तको एफपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महुली लघुवित्तको एफपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं : महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज अन्तिम दिन (पुस ९ गते) साँझ ५ः०७ बजेसम्ममा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२.३४ गुणा बढी हो । 

महुलीले पुस ५ गतेदेखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको हो । 

Read More