नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बीच सम्झौता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बीच सम्झौता

मिति २०८१ साल पौष ०७ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई विल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरुलाई २५ प्रतिशतले छुट हुने भएको छ । उक्त सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी  र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि को तर्फबाट अध्यक्ष श्री दया सागर साहले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

  • EBL Ad news