गभर्नर अधिकारी 60th SEACEN Governors' Conference र 44th SEACEN Governors' Meeting मा सहभागी


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
गभर्नर अधिकारी 60th SEACEN Governors' Conference र 44th SEACEN Governors' Meeting मा सहभागी

गभर्नर श्री महाप्रसाद अधिकारी २०८१ मङ्सिर २१ र २२ गते दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित 60th SEACEN Governors' Conference' र 44th SEACEN Governors' मा सहभागी हुनुभयो ।

SEACEN Centre र बैंक अफ कोरियाद्वारा संयुक्त रुपमा आयोजित उक्त सम्मेलनको पहिलो दिन बैंक अफ कोरियाका गभर्नर चाङ योङ रीले स्वागत मन्तव्यमार्फत सम्मेलनको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो भने SEACEN Centre का कार्यकारी निर्देशक डा. सिनयोङ पार्कले उद्घाटन मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त अबसरमा दुई वटा सत्रमार्फत 'Prospects for Global Economy and Financial Markets in 2025' र 'Policy Implications of Geo-economic वातावरणीय प्रभाव, दिगो आर्थिक विकासमा पार्नसक्ने असर र सोको निराकरणका लागि क्षेत्रीय सहकार्य, बहुपक्षीय समाधान तथा लचिलो नीति प्रभावकारी हुने बिचार व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा SEACEN का सदस्य केन्द्रीय बैंकका गभर्नर तथा उच्च अधिकारीहरूको सहभागिता थियो।

Governer

कार्यक्रमको दोस्रो दिन 44th SEACEN Board of Governors' (BOG)४९९४ बैंक अफ कोरियाका गभर्नर चाङ योङ रीको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा सन्‌ २०२४ मा भएका गतिविधि, चालु रणनीतिक योजनाको कार्यान्वयन अवस्था, सन्‌ २०२५ का लागि प्रस्तावित कार्यक्रम, अनुसन्धान, बजेटलगायतका विषयमा छलफल गरी सहभागी गभर्नरहरूको राय सुझावका आधारमा प्रस्तावहरू अनुमोदन भएको थियो ।

Fragmentation for the Asian Economies' विषयहरूमा Governors' Panel Discussion सम्पन्न भएको थियो । छलफलमा विश्व अर्थतन्त्रले सामना गरिरहेको न्यून आर्थिक वृद्धि, मुद्वास्फीतिको दवाव, उच्च ब्याजदर, भू-राजनीतिक तनाव, बित्तीय बजारको सम्भावना, भू-आर्थिक खण्डीकरणमा नीतिगत प्रभावका बारेमा विस्तृत चर्चा गरिएको थियो।

सम्मेलनको दोस्रो सत्रमा गभर्नर अधिकारी प्यानलिस्टको भूमिकामा सहभागी हुनुभई भू-आर्थिक खण्डीकरणका कारण नेपाल जस्ता मुलुकले सामना गर्नुपरेका चुनौती, निर्यातको घट्दो अवसर, छिमेकी लगायत एसियाली मुलुकहरूसँगको बढ्दो व्यापार निर्भरता तथा विप्रेषण आप्रवाहमा पर्ने प्रभावले गरिबी निवारणमा पार्ने प्रभाव,

SEACEN को सन्‌ २०२५ को अध्यक्षता बैंक इन्डोनेसियालाई हस्तान्तरण गरी ६१औँ गभर्नरहरूको सम्मेलन र ४५औँ बोर्ड अफ गभर्नरहरूको बैठक इन्डोनेसियामा हुने जनाइएको छ।

सम्मेलनमा सहभागी भई गभर्नर अधिकारी २०८१ मंसिर २४ गते स्वदेश फर्कनुभयो ।

  • KBL Ad