एनएमबि बैंकलाई एसिया प्यासिफिक WEPs अन्तर्गतको लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्राप्त


  • Shangrila Ads
  • ADBL
एनएमबि बैंकलाई एसिया प्यासिफिक WEPs अन्तर्गतको लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्राप्त

एनएमबि बैंकलाई २०२४ को UN Women एशिया–प्यासिफिक WEPs अवार्ड अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै यो विशेष अवार्ड प्रदान गरेको छ । यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको अवार्ड हो ।

UN Women र UN Global Compact द्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको छ । ती प्रयासहरुमा She Leads Tomorrow Scholarship, NMB NextGen Banking Leaders Scholarship, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालीत शाखाहरू, महिला नेतृत्व विकाशका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित ऋक्च् गतिविधिहरू रहेका छन् ।

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा WEPs अन्तर्गतको UN Women द्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो । यस अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दीगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघी बढ्न प्रोत्साहान मिलेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

  • KBL Ad