समृद्धि फाइनान्सले मंसिर १४ गते शुक्रबार संस्थाको इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम एडुटेक कलेज, इटहरी ६ का २० जना बिधार्थीहरु लाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको बताइएको हो ।