मौद्रिक नीतिको समीक्षाः मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम राख्ने, आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्याउने सिबिफिनको अपेक्षा


  • Shangrila Ads
  • ADBL
मौद्रिक नीतिको समीक्षाः मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम राख्ने, आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्याउने सिबिफिनको अपेक्षा

मौद्रिक नीति, २०८१ ले लिएको मौजुदा कार्यदिशाबाट नै मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्याउने अपेक्षासहित जारी भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पर्ख र हेरको रणनीति अवलम्बन गरेको परिसंघले ठानेको छ । 

अर्थतन्त्रका बाह्य सूचकहरुमा निरन्तर सकारात्मक सुधार आउँदै गरेको तर अर्थतन्त्रका आन्तरिक सूचकहरु झन शिथिल हुँदै गएको तत्कालिन परिस्थिति र आम अपेक्षाहरुलाई सुक्ष्मरुपमा अध्ययन तथा विश्लेषणसहित समग्र आर्थिक, व्यवसायीक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाउनका लागि धेरै हदसम्म लचकता अपनाउँदै गत श्रावणमा आएको २०८१/०८२को मौद्रिक नीतिले आमरुपमा आशा र उत्साह जगाएकोमा परिसंघले समयसापेक्ष मौद्रिक नीतिको स्वागत गर्दै आगामी निर्देशन तथा समीक्षाहरुमार्फत समयानुकुलरुपमा थप नीतिगत सहजता हुने ठूलो अपेक्षा व्यक्त गरेको थियो । 

मौद्रिक नीतिले अपनाएका नीतिगत व्यवस्थाहरु कार्यान्वयन हुँदै मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम हुँदै गएको भएपनि बैंक तथा वित्तीय संस्थाहरुको खराव÷निष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तररुपमा बृद्धि भइरहेको, अपेक्षाकृतरुपमा कर्जा लगानी हुन नसकेको, आर्थिक एवं बैंकिङ गतिविधिहरुले समेत गति लिन नसकिरहेको, आन्तरिक मागमा कमी आइरहेको, सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको र निजी क्षेत्रको मनोबल समेत खस्किरहेको वर्तमान परिस्थितिकावीच जारी भएको समीक्षाले पछिल्लो समयमा विकसित विविध घटनाक्रमहरुलाई नीतिगत सम्बोधन गर्नुपर्ने अवस्थामा विगत कै कार्यदिशालाई निरन्तरता दिइँदा समग्र अर्थतन्त्र, आर्थिक एवं बैंकिङ क्रियाकलापहरुमा देखा परिरहेको शिथिलता तथा जटिलताहरु अझ गहिँरिदै जाने हो कि भन्ने चिन्ता र चासो बढाएको महसुस गरिएको छ । 
बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रही न्यून ब्याजदर कायम भएको र सार्वभौम साख मूल्याङ्कनमा नेपालले हालैमात्र प्राप्त गरेको सन्तोषजक नतिजाले लगानी विस्तार, कर्जा प्रवाह तथा पृँजी परिचालनको लागि ठूलो अवसर सृजना भएको अनुकुल अवस्थालाई हृदयगंम गर्दै नेपाल राष्ट्र बैंकबाट आगामी त्रैमासिक समीक्षा मार्फत थप सहज नीति र उपायहरु अवलम्बन गरिनेछ भन्नेमा परिसंघ पूर्ण विश्वास व्यक्त गर्दछ । 

  • KBL Ad