सबैभन्दा धेरै डिम्याट खोल्ने क्यापिटल, डिम्याट खाताबाट हुने आम्दानी भने ब्रोकर कम्पनीको धेरै


  • Shangrila Ads
  • ADBL
सबैभन्दा धेरै डिम्याट खोल्ने क्यापिटल, डिम्याट खाताबाट हुने आम्दानी भने ब्रोकर कम्पनीको धेरै

सिता लामिछाने(नाम परिवर्तित)ले केही दिन अघि ब्रोकर कम्पनीमा टिएमएस खाता खोल्ने फारम भरिन्। फारममा डिम्याट खाता रहेको संस्थाको नाम उल्लेख गर्नु पर्ने थियो।

जसमा उनले कुनै क्यापिटलमा भएको आफ्नो डिम्याट खाता नम्बर र संस्थाको नाम उक्त फारममा उल्लेख गरिन्। तर ब्रोकर कम्पनीका प्रतिनिधिले टिएमएस खाता खोल्दै गर्दा डिम्याट खाता पनि आफ्नैमा खोल्न अनुरोध गरे। उनले नयाँ खाता खोल्नु भन्दा त्यही खाता प्रयोग गर्ने मनसाय जाहेर गरिन्। तर ब्रोकर कम्पनीका प्रतिनिधिले भरसक आफ्नैमा खाता खोल्दा कारोबार गर्न सजिलो हुने बताए। अन्त्यमा उनले त्यही कारोबार गर्ने भएपछि डिम्याट खाता पनि त्यही खोलेर फर्किइन्।

यस्तो खालको अवस्था नौलो होइन। दैनिक कारोबार गर्ने धेरै जसो लगानीकर्ताले ब्रोकर कम्पनीकै निक्षेप सदस्यकोमा खाता खोल्ने गरेका छन्। यसले गर्दा डिम्याट खाता खोल्ने होडमा मर्चेन्ट बैंक अघि रहने गरेको भएपनि दैनिक कारोबार गर्नेको खाता भने ब्रोकर कम्पनीमा नै खुल्ने गरेको छ। जसले गर्दा दोस्रो बजारमा दैनिक कारोबारबाट हुने आम्दानीमा पनि क्यापिटलको भन्दा बढी ब्रोकर कम्पनीकै बढी हुने गरेको बताइएको छ।

केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)का अनुसार सबैभन्दा बढी डिम्याट खाता खोल्नेमा एनआइसी एसिया क्यापिटल छ। उसले मात्रै सात लाखको हाराहारीमा डिम्याट खाता खोलेको छ। सबैभन्दा बढी खाता खोल्नेहरूको सूचीमा २० ओटा बैंक वित्तीय संस्था र उनीहरूका सहायक कम्पनी छन्।

ब्रोकर कम्पनीको निक्षेप सदस्यसँग भने असाध्यै न्यून डिम्याट खाता छन्। तर उनीहरुकोमा खोलिएका ९० प्रतिशत खाता सुचारु छन् भने बैंक र मर्चेन्ट बैंकमा खुलेका ५० प्रतिशत खाता निष्क्रिय छन्। ब्रोकर कम्पनीकोमा खुलेका खाता दैनिक कारोबार गर्नको लागि सञ्चालन हुने भएकोले उनीहरुकोमा खोलिएका ९० प्रतिशत खाता सुचारु रहने गरेका हुन् भने बैंक र बैंकका सहायक कम्पनीमा खुल्ने खाता धेरै जसो प्राथमिक बजारमा शेयर आवेदन दिनको लागि मात्रै प्रयोग हुने भएकोले उनीहरुकोमा खोलिने खाता बढी जसो निष्क्रिय हुने गरेका हुन्।

Read More
  • KBL Ad