स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश पारित, उपयुक्त जोडी पाए मर्जरमा जाने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश पारित, उपयुक्त जोडी पाए मर्जरमा जाने

काठमाडौं :  स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिकी अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका एक वा एकभन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर-प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ।

Read More
  • MBL - below news