निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता

निक्षेप तथा कर्जा सुरक्षण कोष र  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच सम्झौता भएको छ । बुधबार लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

उक्त सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र जीवन विकासको नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Read More