गुराँस लाइफको ९० हजार कित्ता लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद कहिले ?


Nepali Paisa 2076-4-9


Nepali Paisa

काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सको संस्थापक समूहको ९० हजार ५७१ कित्ता लिलामी सेयरमा बोलपत्र पेश गर्ने शुक्रबार (साउन १० गते) अन्तिम दिन हो । कम्पनीले साउन ३ गतेदेखि लिलामी सेयर खुला गरेको हो । गुराँस लाइफले यसअघि असार ५ देखि २२ गतेसम्म सर्वसाधारणतर्फ ८२ हजार ५ कित्ता र संस्थापकतर्फ २ लाख ४० हजार ५७१ कित्ता सेयर लिलामीमा ल्याएको थियो । त्यसबेला संस्थापक समूहको सबै सेयर बिक्री नभएपछि बाँकी सेयर फेरि लिलामीमा ल्याइएको हो ।

Read More
  • Financial Notices