एलआईसीको शेयरमूल्य समायोजन


Mero Lagani 2076-4-9


Mero Lagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) को नेप्सेमा बिहीबार शेयरमूल्य समायोजन भएको छ। कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट वितरण गरेको ३४.४६ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले एलआईसीको ३४.४६ प्रतिशत बोनस पश्चात कम्पनीको प्रतिकित्ता एक हजार १८७ रुपैयाँ ७० पैसामा शेयरमूल्य समायोजन गरेको हो। बिहीबार यसै मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि साउन ९ गते बिहीबारदेखि शेयर दाखिला खारेजी गरेको हो। यसअनुसार कम्पनीको लाभांश साउन ८ गते बुधबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन्। एलआईसीले साउन २४ गते नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डपमा बिहान ९.३० बजे साधारण सभा डाकेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ३४.४६ प्रतिशत बोनस र ३५.५४ प्रतिशत नगद लाभांश गरि कूल ७० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। बोनसपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार २ अर्ब कायम हुनेछ।

Read More
  • Financial Notices