नेपाल बैंक र ASG Eye Care and Health Services बीच सम्झौता 


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक र ASG Eye Care and Health Services  बीच सम्झौता 

मिति २०८१ साल कात्र्तिक १२ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई नयाँ बानेश्वरमा रहेको ASG Eye Care and Health Services Pvt. Ltd उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने  सम्वन्धी सम्झौता भएको छ । 

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई र बैंकमा खाता रहेका ग्राहकहरुलाई क्लिनिक को विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ASG Eye Care and Health Services Pvt. Ltd को तर्फबाट बजारीकरण प्रबन्धक श्री सन्जीब कुमार ठाकुरले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले क्लिनिकबाट प्रदान गरिने Eye Surgery procedures, minor investigation, optical lens, frames, treatment, जस्ता आँखा सम्बन्धिसंग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् । 

  • EBL Ad news