नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी र बैंकका खातावाल ग्राहकहरुलाई नयाँ बानेश्वरस्थित ASG Eye Care and Health Services Pvt. Ltd मा उपचार गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
सम्झौताअनुसार, नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरुले क्लिनिकका विभिन्न सेवामा बिल रकमको १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
सम्झौतामा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ASG Eye Care and Health Services Pvt. Ltd का तर्फबाट बजारीकरण प्रबन्धक सन्जीब कुमार ठाकुरले हस्ताक्षर गर्नुभएको छ। यस सम्झौताबाट नेपाल बैंकका कर्मचारी र ग्राहकहरुले ASG क्लिनिकबाट प्रदान गरिने आँखासम्बन्धी शल्यक्रिया, सामान्य जाँच, अप्टिकल लेन्स, फ्रेम्स, र अन्य उपचार सेवाहरुमा लाभ लिन सक्नेछन्।








