काठमाडौँ — धनतेरसको अवसरमा नेपाल राष्ट्र बैंकले करिब साढे ४ हजार थान सुनको सिक्का (असर्फी) बिक्री गरेको छ ।
गुणस्तरीय सुन अभावमा यसपटक मंगलबार मात्रै ४ हजार ५ सय २० थान अथवा १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरको असर्फी बिक्री गरेको राष्ट्र बैंक टक्सार विभागले जानकारी दिएको छ । २.५ ग्रामको असर्फी प्रतिथान ३६ हजार ८ सय ६५ रुपैयाँमा बिक्री गरिएको थियो ।