काठमाडौँ । युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले ३१ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
कम्पनीले आफ्नो इतिहासमा अहिलेसम्मकै उच्च लाभांश १ हजार ७१४ रुपैयाँ प्रति शेयर स्वीकृत गरेको छ । गत वर्षको भुक्तानीको तुलनामा यो ८% वृद्धि हो ।
कार्यक्रममा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेईले कम्पनीलाई हालको स्थितिमा पुर्याउनको लागि सेयर धनीहरूको अटुट सहयोगको लागि धन्यवाद ज्ञापन गरे । सभामा विगत चार वर्ष देखि युनिलिभर नेपालको बोर्डलाई नेतृत्व प्रदान गर्दै आएका बाजपेईलाई ऐच्छिक सेवा निवृत्तिको लागि शुभ कामना प्रदान गरिएको थियो ।