एनआईसी एशिया क्यापिटलको वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया क्यापिटलको वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम

काठमाडौं। ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को अवसरमा एनआईसी एशिया क्यापिटलले डडेलधुराको अमरगढी–५ मा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध व्यक्ति र सर्वसाधारणलाई लक्षित गरी शुक्रवार उक्त कार्यक्रम गरेको बताइएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक शेयर, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष, लगानीसम्बन्धी निर्णय लगायत विषयमा छलफल चलाएका थिए । सोही कार्यक्रममा सिडिएस एण्ड क्लियरिङका अधिकारी किशोर भट्टले संस्थाले उपलब्ध गराइरहेको सेवाका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा ७५ जनाभन्दा बढीको सहभागिता थियो ।काठमाडौं। एनआइएमबि एस क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा गत शुक्रवार सिन्धुपाल्चोकको चौतारमा रहेको कृष्णरत्न माध्यमिक विद्यालयमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

Read More
  • MBL - below news