काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिनमै मागभन्दा ११.९४ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा पहिलो दिन साँझ ५ः०६ बजेसम्ममा ४१ करोड ९० लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जसमा २ लाख ६० हजार ४५४ जना आवेदकहरुले ४१ लाख ९० हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले आज (कात्तिक १२ गते) देखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९४०.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।