एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग

एभरेष्ट बैंकले बाढी पहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री दैवी उद्धार कोषमा बैंकले प्रदान गरेको यो रकमले हालैको बाढी, पहिरो र डुबानले थिलथिलो भएका हजारौं पीडितलाई राहत दिनेछ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एक औपचारिक समारोहबीच सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे। यो सहयोग असोज ११ र १२ गतेको बाढी पहिरोबाट प्रभावित भएका नागरिकहरूको राहतका लागि हो। 

बैंकले मुलुकलाई संकट परेका बेला सधैं अग्रसर भएर राहत र उद्धारको लागि सहयोग गर्दै आएको छ। बाढी पहिरोले ध्वस्त पारेका घर, उजाडिएका बस्ती, र बाँच्न संघर्ष गरिरहेका नागरिकहरूका लागि यो सहयोग जीवन रक्षाको आशामा बैंकले देखाएको सहानुभूति र जिम्मेवारीको प्रतिविम्ब हो।