एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभाले पारित गर्याे १०% बोनस शेयर र ५.५३% नगद लाभांश


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभाले पारित गर्याे १०% बोनस शेयर र ५.५३% नगद लाभांश

एभरेष्ट बैंक लिमिटेडको ३०औं वार्षिक साधारण सभा मिति २०८१/०६/२० मा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १०% बोनस शेयर र ५.५३% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै यस सभाले बैंकको संचालक समितिमा सर्बसाधारण शेयर धनीहरुका तर्फबाट श्री नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ । आ.ब २०८१/८२ को लागि श्री एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।