काठमाडौँ । कुमारी बैंकले युसएडसँगको साझेदारीमा सञ्चालन गर्दै आएको “देशैभरि, वर्षैभरि” उद्यमशिलता विकास तथा प्रवर्द्धन अभियान अन्तर्गत गैडाकोटमा उद्यमी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यो कार्यक्रम उद्यमीहरूको व्यवसायिकता विकासमा केन्द्रित रहेको थियो।
कुमारी बैंकले वित्तीय ज्ञान, सिप, मनोबल वृद्धी तथा व्यवहारिक विकासका माध्यमबाट उद्यमशिलता प्रवर्द्धन गर्न सकिने विश्वास लिएको छ। यस अभियानले सर्वसाधारणको विषयगत संवेदनशीलतालाई बुझ्न सजिलो हुने गरी वित्तीय उद्यमी प्रशिक्षण प्रदान गरेको छ। साथै, बैंकले वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारद्वारा अभिनित सन्देशमूलक भिडियोहरू र सचेतनामूलक सन्देशहरू पनि नियमित रूपमा प्रकाशन तथा प्रसारण गरिरहेको छ।
उद्यमी प्रशिक्षण कार्यक्रमले स्थानीय निकायमा रहेका उद्यमी सोच र क्षमताहरूको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास कुमारी बैंकले लिएको छ। यसले आर्थिक रूपमा सम्पन्न परिवार, समाज र राष्ट्र निर्माणमा टेवा पुर्याउनेछ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कुमारी बैंकले आफ्नो वित्तीय साक्षरताको प्रवर्द्धन अभियानलाई पनि निरन्तरता दिँदै आएको छ। देशभर ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखारहित बैंकिङ इकाइहरूको माध्यमबाट बैंकले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक र प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ र उत्कृष्ट सेवाका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।