नेपाल बैंकद्वारा बाढी पहिरो प्रभावित परिवारहरुलाई रु. २ करोड आर्थिक सहयोग प्रदान


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकद्वारा बाढी पहिरो प्रभावित परिवारहरुलाई रु. २ करोड आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपालमा लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। यस विपद्को समयमा, नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी र पहिरो प्रभावित परिवारहरुको सहयोगार्थ रु. २ करोड रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा प्रदान गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा, नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो। प्रधानमन्त्री ओलीले बैंकको यो सहयोगलाई उच्च मूल्याङ्कन गर्दै, विपद्को घडीमा गरिएको योगदानका लागि नेपाल बैंक परिवारलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ।

सो अवसरमा, बैंकका अध्यक्ष डा. अधिकारीले नेपाल बैंकले विगतका विपद्का समयमा पनि आर्थिक सहयोग गर्दै आएको स्मरण गराउँदै, यस पटक पनि बाढी र पहिरोबाट प्रभावित परिवारहरुको पुनःस्थापनाका लागि सहयोग गरिएको जानकारी दिनुभयो। साथै, आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कामहरु निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्यहरु थान प्रसाद पंज्ञानी, साधना घिमिरे, विवेक शम्शेर ज.ब.रा., विष्णु कुमार अग्रवाल, ध्रुब प्रसाद अधिकारी, प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय, कम्पनी सचिव केशव प्रसाद भण्डारी र वरिष्ठ प्रबन्धक विश्वराज भण्डारीको उपस्थिति रहेको थियो।

  • EBL Ad news