सूर्यदर्शन सहकारीको रुपैयाँ अपचलन गरेको आरोपमा एक जना पक्राउ MIT


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सूर्यदर्शन सहकारीको रुपैयाँ अपचलन गरेको आरोपमा एक जना पक्राउ MIT

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको ३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सहकारीका पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेमतो गरी रकम आफ्नो बैंक खातामा लगेर अपचलन गरेको भन्दै प्रहरीले गुल्मी मुसिकोट घर भई ललितपुरको खुमलटार बस्दै आएका ३२ वर्षकी लिला पछाइलाई पक्राउ गरेको हो ।

उनलाई अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार पछाइले सहकारीको ऐन र नियमावली विपरीत रकम हिनामिना गरेको आरोप छ ।

Read More
  • MBL - below news
  • EBL Ad news