नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता, ग्राहकलाई अनलाइन किनमेलमा विशेष छुट


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता, ग्राहकलाई अनलाइन किनमेलमा विशेष छुट

काठमाडौं – नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिन ई(कमर्स क्षेत्रसँगको साझेदारीलाई विस्तार गर्दै अनलाइन शपिङ प्लेटफर्म दराज केयमु प्रा।लि।सँग भुक्तानी सेवा सम्झौता गरेको छ। यस सम्झौताअनुसार, नेपाल बैंकका ग्राहकले दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा विशेष छुट पाउने व्यवस्था गरिएको छ।

सम्झौताअनुसार, नेपाल बैंकका ग्राहकहरुले आफ्नो डेबिट कार्ड प्रयोग गरी अग्रिम भुक्तानी गर्दा सामान खरिदमा १०५ छुट प्राप्त गर्नेछन्, जसको अधिकतम सीमा रु १,५०० तोकिएको छ। त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि १५५ छुटको व्यवस्था गरिएको छ, जसको अधिकतम सीमा रु २,००० हुनेछ।

नेपाल बैंकले आफ्नो इ–कमर्स साझेदारीलाई निरन्तरता दिँदै ग्राहकहरुलाई डिजिटल भुक्तानीमार्फत थप सेवा र सुविधाहरु प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ। यस अफरको फाइदा लिनका लागि ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा इ–कमर्स सुविधा सक्रिय गराउनुपर्नेछ। यसका लागि ग्राहकले आफ्नो नजिकको नेपाल बैंक शाखामा सम्पर्क गरेर आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्।

बैंकले यस प्रकारका छुट योजनाहरुले ग्राहकलाई डिजिटल भुक्तानीमा उत्प्रेरित गर्ने विश्वास लिएको छ। दराजसँगको साझेदारीले ग्राहकहरुलाई सुलभ, सुरक्षित र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्य राखेको बैंकका अधिकारीहरुले जानकारी दिएका छन्।

उक्त योजना २०८१ साल असोज ११ गतेदेखि असोज २१ गतेसम्म लागू हुने बैंकले जनाएको छ।

  • EBL Ad news