शिखर इन्स्योरेन्सले हकप्रद बिक्रि गर्ने, मर्जरको बाटो पनि खुला


Bizpati 2076-4-8


Bizpati

लाभांश नदिने निर्णय गरेको शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited ले लगानीकर्तालाई हकप्रद वितरणको प्रस्ताव गरेको छ । कम्पनीले हकप्रद प्रस्ताव पारित गर्न साउन २८ गते साधारणसभा आह्वान गरेको छ । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद निष्काशन प्रस्ताव लैजाने भएको हो ।

त्यस्तै सभाले संचालकको निर्वाचन गर्ने छ भने गाभ्ने गाभिने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने छ । त्यस्तै सभाले बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षणको विवरण पारित गर्ने, प्रबन्धप्रता नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव सभामा पेश हुनेछन् ।

सभा प्रयोजनको लागि कम्पनीले साउन १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Read More
  • Financial Notices