काठमाडौँ – मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरूका लागि बुद्ध एयरको हवाई टिकटमा विशेष छुटको सुविधा ल्याएको छ। यस अवसरका लागि बैंक र बुद्ध एयरबीच व्यवसायिक सम्झौता सम्पन्न भएको छ। सम्झौतामा मुक्तिनाथ बैंकका मार्केटिङ्ग विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरका मार्केटिङ्ग सेल्स्का निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग वा भिजा कार्ड प्रयोग गरी बुद्ध एयरको टिकट काउन्टरमा हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्मको छुट पाउनेछन्।
बैंकले डिजिटल कारोबारलाई बढावा दिनका लागि प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, खाता खोल्ने सुविधा, इन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स जम्मा गर्ने र मिस्कल बैंकिङ्ग लगायतका सेवाहरू ग्राहकहरूमाझ प्रभाह गर्दै आएको छ ।