नबिल बैंकको एजुकेशन लोन : विद्यार्थीहरूको आर्थिक भारलाई सम्बोधन


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
नबिल बैंकको एजुकेशन लोन : विद्यार्थीहरूको आर्थिक भारलाई सम्बोधन

नबिल बैंकले उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूको लागि Educaional Loan को एक व्यापक योजना प्रस्तुत गरेको छ। यस योजनाले रु. १० लाखसम्मको ऋण प्रदान गर्छ, जसले शैक्षिक शुल्क मात्र नभई विद्यार्थीहरूको ट्युसन शुल्क, परामर्श शुल्क, हवाई टिकट, बोर्डिङ, डिमान्ड ड्राफ्ट, टेलिग्राफिक ट्रान्सफर, ट्राभलर चेक र विदेशी मुद्रा विनिमय जस्ता खर्चहरूलाई समेत समेट्ने बैंकको योजनामा उल्लेख छ। यो योजना विशेष गरी विद्यार्थीहरुको आर्थिक अभावका कारण शैक्षिक यात्रा नरोकियोस् भन्ने उदेश्यमा केन्द्रीत रहेको देखिन्छ । 

यस लोन योजना अन्तर्गत २० वर्षसम्मको भुक्तानी विकल्प उपलब्ध गराइएको छ । यस योजनामा विद्यार्थीहरूलाई अध्ययन पूरा भएपछिमात्र ऋणको भुक्तानी सुरु गर्न मिल्ने सुविधा रहेको छ ।

Nabil Education Loan Features

नबिल बैंकले यस लोनलाई अत्यधिक पारदर्शी बनाएर ग्राहकहरूलाई शुल्कहरूको बारेमा स्पष्ट जानकारी प्रदान गरेको छ। यसमा ऋण रकमको ०.७५ प्रतिशत ऋण प्रशासन शुल्कका लागि, ०.१५ प्रतिशत प्रतिबद्धता शुल्कका लागि  र ०.१५ प्रतिशतदेखि ०.७५ प्रतिशतसम्म अग्रिम भुक्तानी शुल्क समावेश गरिएको छ। 

Fees & Charges

Particulars

Charges

Loan Administration Fee

0.75% of the loan amount

Commitment Fee

0.15% of the unutilized limit

Prepayment Fee

Prepayment Time Period:
Within 2 years from disbursement: 0.75% of prepaid amount
From 2 to 5 years: 0.375% of prepaid amount
After 5 years: 0.15% of prepaid amount
For Fixed Interest Rate Loans: 0.75% on prepaid amount

CIC Charge

On Actual Basis

 

यो लोन योजनामा विद्यार्थीहरूका लागि सबैभन्दा आकर्षक पक्ष भनेको यसको व्यापक खर्च कभरेज हो, जसले विद्यार्थीहरूको सम्पूर्ण शैक्षिक आवश्यकताहरूलाई समेट्ने प्रयास गरेको देखिन्छ । विद्यार्थीहरूको वित्तीय आवश्यकता परिपूर्तिका लागि बैंकले सरल कागजात प्रक्रियाका साथै आवेदकहरूका लागि  व्यक्तिगत परामर्श सेवा उपलब्ध गराएने जनाएको छ । 

तर, यस योजनामा केही सीमितताहरू भने पक्कै छन् । ऋणको लागि भौत्तिक सम्पत्ति नै धितोको रूपमा राख्नु पर्दछ। अग्रिम भुक्तानी शुल्कले पनि समयअघि ऋण भुक्तानी गर्न चाहनेहरूलाई बाधा पुर्याउन सक्ने देखिन्छ। 


यस योजनामा कर्जा लिनका लागि आवेदक विद्यार्थीको उमेर १८ वर्षदेखि ७० वर्षसम्मको हुनुपर्नेछ। मासिक किस्ता ऋणीको कुल आयको ५०% भन्दा बढी हुन नहुने बैंकले जनाएको छ। धितोको रूपमा राखिएको सम्पत्तिमा कम्तिमा ८ फिटको मोटरेबल सडक पहुँच हुनुपर्छ। अष्ट्रेलिया र न्युजिल्यान्डमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि काठमाडौं/ललितपुर क्षेत्रमा ४ फिटको पहुँच रहेको सम्पत्ति हुनुपर्छ।  यस बाहेक, सम्पत्ति गुठी वा मोही स्थितिमा नभएको हुनुपर्छ। भिसा अस्वीकृत नभएसम्म एक वर्षभन्दा कम अवधिमा ऋण फाइल बन्द गर्न नपाइने बैंकले जनाएको छ ।

नबिल बैंकको शैक्षिक कर्जाले आर्थिक सहायता आवश्यक भएका विद्यार्थीहरूको लागि उत्कृष्ट विकल्प दिएको छ। यद्यपि सम्पत्ति धितोको आवश्यकता केहीका लागि चुनौतीपूर्ण हुन सक्छ, योग्य आवेदकहरूले भने यस शैक्षिक ऋणको सहायताले महत्वपूर्ण फाइदाहरू प्रदान गर्ने जानकारहरुको विश्वास छ ।

  • KBL Ad