नेपाल बैंक लिमिटेडद्वारा काठमाडौँमा नगद निक्षेप मेसिन सञ्चालन


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक लिमिटेडद्वारा काठमाडौँमा नगद निक्षेप मेसिन सञ्चालन

काठमाडौंको न्युरोडस्थित धर्मपथमा रहेको नेपाल बैंकको मुख्य शाखा काठमाडौं बैंकिङ अफिसमा नगद निक्षेप मेसिन सञ्चालनमा आएको छ। यससँगै बैंकले डिजिटल बैंकिङ सेवामा महत्वपूर्ण कदम चालेको छ। नगद जम्मा गर्न अब ग्राहकलाई बैंकको काउन्टरमै जानुपर्ने झन्झट हटेको छ, र उनीहरूले नगद निक्षेप मेसिनमार्फत सहजै रियल टाइम नगद जम्मा गर्न सक्नेछन्।

नेपाल बैंकले एक कार्यक्रमको आयोजना गर्दै यो मेसिनको उद्घाटन गरेको हो। बैंकका अनुसार, यो नगद निक्षेप मेसिनले ग्राहकहरुलाई थप प्रभावकारी र डिजिटल मैत्री सेवा प्रदान गर्नेछ। ग्राहकले अब नगद जम्मा गर्दा तत्काल खातामा रकम अद्यावधिक गर्न सक्नेछन्। यसअघि नगद जम्माका लागि बैंकको क्यास काउन्टरमा निर्भर हुनुपर्ने बाध्यता समाप्त भएको छ।

हाल नेपाल बैंकले देशभर २२९ शाखा, ५९ एक्सटेन्सन काउन्टर र २०४ एटीएम काउन्टर मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले ग्राहक सेवालाई अझ सरल र समयानुकूल बनाउन आधुनिक प्रविधिको प्रयोग गर्दै आएको बताएको छ । 

नयाँ नगद निक्षेप मेसिन सञ्चालनमासँगै बैंकिङ सेवा झनै सहज हुने र ग्राहकहरुको अनुभवलाई अझ उत्कृष्ट बनाउने बैंकले विश्वास गरेको छ।

  • EBL Ad news