बल्ल अघि बढ्दै ‘क्रेडिट रेटिङ’


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
बल्ल अघि बढ्दै ‘क्रेडिट रेटिङ’

काठमाडौं । देशमा वैदेशिक लगानी आकर्षित गर्न महत्त्वपूर्ण मानिएको देशको शाखको अवस्था दर्शाउने सार्वभौम क्रेडिट रेटिङ प्रक्रिया बल्ल अघि बढ्ने देखिएको छ । सरकारले वैशाखमा भएको लगानी सम्मेलनअगावै उक्त प्रक्रिया टुंग्याउने घोषणा गरे पनि हालसम्म रेटिङका लागि छानिएको अन्तरराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीले काम अघि बढाएको छैन ।

‘भदौको अन्त्यतिर अमेरिकी क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङका प्रतिनिधि क्रेडिट रेटिङको काम अघि बढाउन नेपाल आउने जानकारी प्राप्त भएको छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले आर्थिक अभियानसँग भने, ‘त्यसको तयारीस्वरूप यहाँ सरकारी अधिकारीहरूलाई विभिन्न तालीम दिने काम भइरहेको छ ।’

फिच रेटिङले नेपालको सार्वभौम क्रेडिट रेटिङ गर्नेछ । सार्वभौम क्रेडिट रेटिङलाई कन्ट्री रेटिङ पनि भन्ने चलन छ । फिचका प्रतिनिधि नेपाल आएको ३ महीनामा क्रेडिट रेटिङ प्रतिवेदन बुझाउने सरकारी अधिकारीहरूले बताएका छन् ।

Read More
  • KBL Ad