कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । शेयर निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीको कर्पोरेट कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात् ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको छ । सन् २०१८ सालमा स्थापित भएको उक्त कम्पनीले औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरी सम्बन्धीे औषधीहरुको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गर्दै आएको छ । 

Read More