नाडा अटो शो २०२४ मा बैंकहरूबीच ब्याजदर प्रतिस्पर्धा : गाडी प्रेमीहरूका लागि कुन योजना उपयुक्त ?


  • kbl Ad
  • Nabil Ad
  • CITY EXPRESS
नाडा अटो शो २०२४ मा बैंकहरूबीच ब्याजदर प्रतिस्पर्धा : गाडी प्रेमीहरूका लागि कुन योजना उपयुक्त ?

काठमाडौं | नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) द्वारा प्रस्तुत "टाटा ईभी नाडा अटो शो २०२४" भदौ ११ देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। यो प्रदर्शनी भदौ १६ गतेसम्म सञ्चालन हुनेछ। यस वर्ष नाडा विशेष ध्यान विद्युतीय सवारीसाधनमा केन्द्रित गर्दैछ, जहाँ झन्डै दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डहरूले सहभागिता जनाएका छन्।

नेपालका विभिन्न बैंकहरूले नाडा अटो शो २०८१ का लागि विविध ब्याजदर र सेवा शुल्कसहितका सवारी कर्जा योजनाहरू सार्वजनिक गरेका छन्।

बैंककाे नाम

सवारी प्रकार

ब्याजदर

अवधि

सेवा शुल्क

लक्ष्मी सनराइज बैंक

विद्युतीय

८.९९% (स्थिर ब्याजदर)

७ वर्ष

०.५%

 

इन्धन

९.२५% (८.२५% आधारदर + १% प्रिमियम)

-

०.५%

नबिल बैंक

विद्युतीय र इन्धन दुवै

८.२५% (५ वर्ष) / ८.४९% (७ वर्ष)

५ वर्ष / ७ वर्ष

०.५%

माछापुच्छ्रे बैंक

विद्युतीय

९% (८% आधारदर + १% प्रिमियम)

६ वर्ष (मूल्यको ७० % सम्म)

०.२५%

 

इन्धन

९% (८% आधारदर + १% प्रिमियम)

८ वर्ष (मूल्यको ५० % सम्म)

०.२५%

ग्लोबल आइएमई बैंक

विद्युतीय

७.९९% (५ वर्ष) / ८.४९% (५ वर्षभन्दा बढी)

५ वर्ष / सोभन्दा बढी

०.५%

 

इन्धन

८.४९% (५ वर्ष) / ९.४९% (५ वर्षभन्दा बढी)

५ वर्ष / सोभन्दा बढी

०.५%

सानिमा बैंक

विद्युतीय र इन्धन दुवै

८.४९% (स्थिर ब्याजदर)

७ वर्ष

०.२५%

 

विद्युतीय र इन्धन दुवै

१०.५५% (८.५५% आधारदर + २% प्रिमियम)

७ वर्ष

०.२५%

हिमालयन बैंक

विद्युतीय

९.३६% (८.८३% आधारदर + ०.५३% प्रिमियम)

-

०.५%

 

इन्धन

९.५१% (८.८३% आधारदर + ०.६५% प्रिमियम)

-

०.५%

नाडा अटो शो २०८१ मा सहभागी बैंकहरूले विभिन्न प्रकारका सवारी कर्जाका लागि आकर्षक ब्याजदर र सेवा शुल्क अफर गरेका छन्। हिमालयन बैंकले परिवर्तित ब्याजदरको कर्जा योजना प्रस्तुत गरेको छ भने लक्ष्मी सनराइज बैंकले स्थिर ब्याजदरको योजना ल्याएको छ। ग्लोबल आइएमई बैंक, नबिल बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले पनि ग्राहकहरूलाई विविध कर्जा विकल्पहरू उपलब्ध गराएका छन्।

प्रत्येक बैंकको योजना र अफरलाई ध्यानमा राख्दै, गाडी प्रेमीहरूले आफ्नो आवश्यक्ताअनुसार उपयुक्त कर्जा योजना छान्न सक्नेछन्। यस शोमा प्रस्तुत गरिएका विविध योजनाहरूले ग्राहकहरूलाई आफ्नो बजेट र सवारीसाधनको प्रकारअनुसार सस्तो र सुविधाजनक कर्जा प्राप्त गर्न मद्दत गर्नेछन्।

  • EBL
  • NMB