एभरेष्ट बैंकको बानेश्वर शाखा नवनिर्मित भवनमा स्थानान्तरण, डिजिटल सेवा 'डिजिटल संसार' को शुभारम्भ


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
एभरेष्ट बैंकको बानेश्वर शाखा नवनिर्मित भवनमा स्थानान्तरण, डिजिटल सेवा 'डिजिटल संसार' को शुभारम्भ

काठमाडाैँ | एभरेष्ट बैंकको बानेश्वर शाखाले अब सम्पूर्ण कारोबार आफ्नै नयाँ भवनबाट सञ्चालन गर्ने भएको छ। मिति २०८१ भाद्र ५ गते, काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँबानेश्वरस्थित बैंकको नवनिर्मित भवनमा विशेष कार्यक्रमको आयोजना गर्दै, साविकको स्थानबाट करिब १५० मिटर पश्चिम रहेको अत्याधुनिक सुविधा सम्पन्न भवनमा बैंकिङ्ग सेवा सुचारु गरिएको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले उद्घाटन गरेको यस कार्यक्रममा, अध्यक्ष वैद्यले एभरेष्ट बैंकलाई विश्वासको सहयात्रीका रूपमा प्रस्तुत गर्दै नयाँ बानेश्वर र आसपासका बासिन्दाहरुलाई उत्कृष्ट, आधुनिक र गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो।

यस अवसरमा बैंकले “डिजिटल संसार” नामक सेवा पनि सुरु गरेको छ, जसले बैंकिङ्ग क्षेत्रमा हालसम्मकै अत्याधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकहरुलाई डिजिटल सेवा प्रदान गर्नेछ। यस सुविधामा ग्राहकहरुले एकै स्थानबाट खाता खोल्न, नगद कारोबार गर्न, चेक डिपोजिट गर्न र सेवा सम्बन्धी गुनासोहरु डिजिटल माध्यमबाट दर्ता गर्न सक्नेछन्।

पंजाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारीमा संचालित यस बैंकमा १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन्। देशभर १२८ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ एटीएम, र विश्वव्यापी नेटवर्कमार्फत आधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ। साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रमार्फत सेवा दिँदै आइरहेको छ।