२९ साउन, काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकका प्रमुख एजेण्डा थियो, १० असारमा सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न दिएको परमादेशको कार्यान्वयन गर्ने ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगेको यो प्रस्ताव बैठकमा पेश भएपछि सर्वोच्चको फैसलाबारे मन्त्रीहरुले चासो देखाए ।
स्रोतका अनुसार बैठकमा मुख्यसचिव लीलादेवी गड्तौलालाई परमादेश (फैसला) को पूर्णपाठ वाचन गरेर सुनाइन् ।