अख्तियारद्वारा नेप्सेका दुई कर्मचारीको मोबाइल जफत, इनसाइडर ट्रेडिङ गरेको आरोप


  • KBL Ad
अख्तियारद्वारा नेप्सेका दुई कर्मचारीको मोबाइल जफत, इनसाइडर ट्रेडिङ गरेको आरोप

सुवास निरौला

गत बिहीबार मिनी संसद अर्थ समितिको छलफलमा पूर्वअर्थमन्त्री प्रकाश शरण महतले नेप्सेका कर्मचारी इनसाइडर ट्रेडिङमा संलग्न रहेको आरोप लगाए। 

उनले आरोप मात्रै लगाएनन् त्यस विषयमा छानबिन गर्न एक समिति समेत बनाएको र सरकार परिवर्तन पछि उक्त विषय अन्योलमा रहेको उजागर गरेका थिए। 

उनले आरोप लगाए लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक्सनमा आएको छ। सोमबार अख्तियार अनुसन्धान आयोगले नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा छापा मारेको छ। आयोगले नेप्सेका प्राविधिक विभागका दुई कर्मचारीको मोबाइल जफत गरेर लगेको छ। प्राविधिक विभागका कर्मचारी प्रभाकर घिमिरे र निशा तिम्सिनाको मोबाइल जफत गरेर लगेको हो।

यस अघि पनि तीनै दुई कर्मचारीको विषमा अख्तियारमा उजुरी परेको थियो। त्यस विषयमा पटक पटक उनीहरूलाई अख्तियारले सोधपुछ गरिरहेको थियो। अझै पूर्वअर्थमन्त्रीले मिनी संसद मै नेप्सेका कर्मचारी इनसाइडर ट्रेडिङमा संलग्न हुने गरेको भनेपछि अख्तियार पुनः एक्सनमा आएको हो।

Read More
  • EBL