वाणिज्य बैंकहरूको मुनाफामा १३.४० प्रतिशतले वृद्धि, नबिल बैंक शीर्ष स्थानमा, जानौ कसले कति नाफा आर्जन गरे ?


  • KBL Ad
वाणिज्य बैंकहरूको मुनाफामा १३.४० प्रतिशतले वृद्धि, नबिल बैंक शीर्ष स्थानमा, जानौ कसले कति नाफा आर्जन गरे ?

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छन्। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरु मध्य १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ । वाणिज्य बैंकहरुमध्य सबैभन्दा मुनाफा आर्जन गर्नेमा नबिल बैंक बनेको छ, उसको खुद नाफा नै ७ अर्ब ६ करोड रुपैयाँ रहेको छ । सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक, जसको खुद नाफा १ अर्ब २५ करोड रहेको छ ।  त्यसैगरी दोस्रो मुनाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंकको ६ अर्ब १ करोड रुपैयाँ रहेको छ । 

त्यस्तै त्रमस नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड, प्रभुले ४ अर्ब ४८ करोड, प्राइमले ३ अर्ब ७७ करोड र एभरेष्ट बैंकले ३ अर्ब ७० करोड, कृषि विकास बैंकले ३ अर्ब ६५ करोड, राष्ट्रिया वाणिज्य बैंकले ३ अर्ब ३९ करोड, स्ट्यान्डर्ड चाटर्ड बैंकले ३ अर्ब ३० करोड, लक्ष्मी सन्राइज बैंकले ३ अर्ब ३ करोड, सिद्धार्थ बैंकले ३ अर्ब १ करोड, हिमालयन बैंक लिमिटेडले  २ अर्ब ८३ करोड, सानिमा बैंकले २ अर्ब ३८ करोड,  एनएमबि बैंकले २ अर्ब ३३ करोड, कुमारी बैंकले २ अर्ब ३० करोड, नेपाल एसबिआई बैंकले २ अर्ब १ करोड, नेपाल बैंकले १ अर्ब ६५ करोड, एनआइसी एसिया बैंकले १ अर्ब ३८ करोड र सिटिजन्स बैंकले १ अर्ब ३४ करोड मुनाफा आर्जन गरेका छन्। 

समग्रमा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा अघिल्लो वर्षको यसैअवधिको तुलनामा १३.४० प्रतिशत धेरै मुनाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्ष वर्ष ५६ अर्ब ५७ करोड रुपैयाँ मुनाफा आर्जन गरेका वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६४ अर्ब १५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका हुन। 

जानौ कुन बैंकको खुद नाफा कति ?

Bank Name

FY 2080-81 ('000)

FY 2079-80 ('000)

Different

Nabil Bank Ltd.

7,060,033

6,404,936

10.23%

Global IME Bank Ltd.

6,016,216

6,694,358

-10.13%

Nepal Investment Mega Bank Ltd.

5,198,320

3,720,833

39.71%

Prabhu Bank Ltd.

4,480,810

280,219

1499.04%

Prime Bank Ltd.

3,774,302

1,027,889

267.19%

Everest Bank Ltd.

3,700,648

3,362,115

10.07%

Agricultural Development Ltd.

3,655,662

1,323,411

176.23%

Rastriya Banijya Bank Ltd.

3,398,212

3,595,127

-5.48%

Standard Chartered Bank Ltd.

3,308,954

3,465,330

-4.51%

Laxmi Sunrise Bank Ltd.

3,034,539

2,285,239

32.79%

Siddhartha Bank Ltd.

3,015,535

3,166,771

-4.78%

Himalayan Bank Ltd.

2,838,049

1,562,817

81.60%

Sanima Bank Ltd.

2,381,941

2,605,793

-8.59%

NMB Bank Ltd.

2,336,599

3,222,547

-27.49%

Kumari Bank Ltd.

2,308,212

517,921

345.67%

Nepal SBI Ltd.

2,013,721

1,967,508

2.35%

Nepal Bank Ltd.

1,656,831

3,437,578

-51.80%

NIC Asia Bank Ltd.

1,381,869

4,444,769

-68.91%

Citizens Bank International Ltd.

1,342,466

1,863,756

-27.97%

Machhapuchchhre Bank Ltd.

1,250,167

1,625,525

-23.09%

Total

64,153,086

56,574,442

13.40%

  • EBL