काठमाडौं : भारतमा एक प्रविधि सेवा प्रदायकमा भएको साइबर हमलाले करिब ३०० वटा साना स्थानीय बैंकहरुको भुक्तानी प्रणाली अस्थायीरुपमा बन्द भएको छ । रोयटर्सका अनुसार फिरौती माग्ने उदेश्यले भएको साइबर आक्रमण (र्यानसमवेयर) ले देशभरका साना बैंकहरुलाई बैंकिङ प्रविधि प्रणाली प्रदान गर्ने सी एज टेक्नोलोजीलाई असर गरेको छ ।