टप ५ निर्जीवन बीमा कम्पनीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी, निर्जीवन बीमाले संकलन गरे ४१ अर्ब ४६ करोड प्रिमियम


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
टप ५ निर्जीवन बीमा कम्पनीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी, निर्जीवन बीमाले संकलन गरे ४१ अर्ब ४६ करोड प्रिमियम

निर्जीवन बिमा कम्पनीहरुले गत वर्ष ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ बराबरको बीमा प्रिमियम संकलन गरेका छन् । १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमाले संयुक्त रुपमा सो बराबरको व्यापार गरेका हुन ।

नेपालको निर्जीवन बीमा बजारमा सबैभन्दा ठूलो हिस्सा अहिलेपनि शिखर इन्स्योरेन्सकै छ । कम्पनीले गत आव २०८०।८१ मा ३ लाख १५ हजार १ सय ५७ वटा बीमा पोलिसी बेचेर ५ अर्ब ४७ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको बीमा प्रिमियम संकलन गरेका छन् जुन कुल बजारको १३ दशमलब १३ प्रतिशत हुन आउँछ । कसैसँग मर्जर नगरिसकनै बिमा प्राधिकरणले निर्धारण गरेको चुक्ता पुँजी पुरयाएको शिखरले आफ्नो व्यापार पनि त्यही अनुसार बढाउँदै लगेको देखिन्छ ।

शिखर इन्स्योरेन्सलाई त्यसपछि भने मर्जर गरेका कम्पनीहरुले टक्कर दिइरहेको तथ्यांकले देखाउँछ। शिखरलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले टक्कर दिइरहेको छ । सगरमाथा लुम्बनीले गत आवमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने सिद्धार्थ प्रिमियमरले ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँको प्रिमियम संकलन गरेका छन् जुन क्रमशः कुल बिमा बजारको ११ दशलब ५५ प्रतिशत र १० दशमलब ०७ प्रतिशत हुन आउँछ । हिमालयन एभरेष्ट भने भने ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ संकलन गर्दा कुल कारोबारको ८ दशमलब ९८ प्रतिशत हिस्सा ओगेटेको छ । आइजीआई प्रुडेनिसयल इन्स्योरेन्सले कुल निर्जीवन बीमा कारोबारको ८ दशमलब ८० प्रतिशत प्रिमियम संकलन गरेका छन् । आईजीआईले गत वर्ष ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ संकलन गरेका छन् । निर्जीवन बीमा बजारमा प्रिमियम संकलनका आधारमा टप ५ कम्पनीमध्ये शिखर इन्स्योरेन्स बाहेक सबै कम्पनीहरु मर्जरबाट आएका कम्पनीहरु हुन । टप ५ कम्पनीले कुल निर्जीवन बीमा बजारको ५० प्रतिशत भन्दा बढी व्यापार गर्ने गरेका छन् ।

Read More
  • KBL Ad