पछिल्लो एक महिनामा ६४ हजार ६ सय पर्यटक नेपाल भित्रिए


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पछिल्लो एक महिनामा ६४ हजार ६ सय पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपालमा सन २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ११ दशमलव ९ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो महीनानेपाल आउने पर्यटकको संख्यामा सबैभन्दा बढी सार्क मुलुकका २७ हजार २१२ पर्यटक छन् । त्यस्तै, एसिया भित्रका सार्क बाहेकका मुलुकबाट ११ हजार ९०१ जना, युरोपबाट ९ हजार २८०, ओसिनिया मुलुकबाट २ हजार ३८ जना अमेरिकन मुलका ८ हजार ८ सय ६८ जना र मध्यपूर्वका देशहरूबाट ४ हजार ८५७ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news