काठमाडौं । नेपालमा सन २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ११ दशमलव ९ प्रतिशतले बढी हो ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो महीनानेपाल आउने पर्यटकको संख्यामा सबैभन्दा बढी सार्क मुलुकका २७ हजार २१२ पर्यटक छन् । त्यस्तै, एसिया भित्रका सार्क बाहेकका मुलुकबाट ११ हजार ९०१ जना, युरोपबाट ९ हजार २८०, ओसिनिया मुलुकबाट २ हजार ३८ जना अमेरिकन मुलका ८ हजार ८ सय ६८ जना र मध्यपूर्वका देशहरूबाट ४ हजार ८५७ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ ।