सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँड हुने मिति तय भएको छ ।
बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार बुधबार बिहान ८ बजे क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँडको हुनेछ ।
लघुवित्तीय संस्थाले साउन ४ गतेदेखि ८ गतेसम्म एक सय रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्री खुला गरेको थियो । एफपीओमा माग भन्दा ५१०.६६ गुणा आवेदन परेको छ ।