तीन दिनमै सूर्योदय वोमी लघुवित्तको एफपीओ ४०५ गुणा भन्दा बढी माग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तीन दिनमै सूर्योदय वोमी लघुवित्तको एफपीओ ४०५ गुणा भन्दा बढी माग

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड(SWMF)को एफपीओ तीन कारोबार दिनमै ४०५ गुणा भन्दा बढी माग भएकाे छ । शुक्रबारदेखि निष्काशन गरिएको एफपीओमा हालसम्म एक करोड ८९ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो ।

सोमबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा १२ लाख ८८ हजार ८१८ जनाले आवेदन दिएकाे सीडिएस एण्ड क्लियरिंग लिमिटेडले जानकारी दिएकाे छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गरेको थियाे।

यसैगरी, आजसम्ममा लघुवित्तको एक करोड ८९ लाख ३१ हजार ९०० कित्ताका लागि एक अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको एफपीओ माग भएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news