काठमाडौँ । सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
आईपीओ जारी गर्न लागेको कम्पनी 'सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेड' अन्तर्गत बौद्धस्थित चार तारे स्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन् ।