प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ ।
सो कार्यका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।उक्त कार्यका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर तथा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।