रिलायन्सको शेयर निष्कासन रोक्का हुनुको कारण अदालतको आदेश, साउन १४ गते विपक्षीहरूलाई छलफलका लागि बोलायाे


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
रिलायन्सको शेयर निष्कासन रोक्का हुनुको कारण अदालतको आदेश, साउन १४ गते विपक्षीहरूलाई छलफलका लागि बोलायाे

रिलायन्स स्पिनिङ मिलको प्राथमिक निष्कासन अदालतको आदेश अनुसार भएको पुष्टि भएको छ। मेरो लगानीलाई प्राप्त कागजात र अदालतको आदेशले सो कुरा पुष्टि गरेको हो।

रिलायन्स स्पिनिङ मिलले निष्कासन गर्न लागेको शेयर रोक्ने अन्तरिम आदेश दिन भन्दै लगानीकर्ताका संघ संस्था सहितले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। गत असार २५ गते उक्त रिट दायर भएको हो। लगानीकर्ता हरि बहादुर के.सी. र खुसल राम धितालले निवेदन दर्ता गराएका हुन्। उनीहरूले हालेको रिटमा सुनवाइ असार २६ गते भएको थियो। जसमा अधिवक्ताहरू डा.अवतार न्यौपाने, डा.केशव प्रसाद श्रेष्ठ, वासुदेव रिजाल र रपिस पोखरेलले बहस गरेका थिए। मस्यौदकार समेत पोखरेल नै हुन्। उक्त बहस सुनिसकेपछि न्यायाधीश अन्जु उप्रेती ढकालको एकल इजलासले अल्पकालीन आदेश जारी गरेको हो। इजलासले असार २७ गते देखि वैदेशिक रोजगारमा रहेकालाई निष्कासन हुन लागेको प्राथमिक निष्कासन समेत नगर्न नराउन विपक्षीहरूका नाममा अल्पकालीन अन्तिम आदेश जारी गरेको छ। सोही कारण बोर्डले उक्त निष्कासन रोकेको हो। तर बोर्डले भने सार्वजनिक लेखा समितिले लेखेको पत्रको आधारमा निष्कासन रोकिएको बताएको थियो। जुन झुटाे रहेको प्रमाणित हुन्छ।

Read More
  • KBL Ad