जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको एकीकृत कारोबार शुरु


जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको एकीकृत कारोबार शुरु

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएर आज (बिहीवार)बाट एकीकृत कारोबार शुरु भएको छ ।

दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार शुरु भएको हो । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो ।

यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पूँजी १८ करोड २८ लाख रुपैयाँ छ । 

Read More
  • SBL