असारे खर्चमा कोशीको छलाङ, तालिम र गोष्ठीमै सकियो करोडौं बजेट


असारे खर्चमा कोशीको छलाङ, तालिम र गोष्ठीमै सकियो करोडौं बजेट

कोशी प्रदेशले पछिल्लो डेढ वर्षको बहुसंख्यक समय सरकार फेर्ने कसरतमा बिताइसकेको छ। यही अस्थिरताको परिणामस्वरूप छिटो–छिटो मुख्यमन्त्रीहरू फेरिइरहेका छन्। 

प्रदेश सभाको दोस्रो कार्यकालको १९ महिना पूरा हुँदै गर्दा कोशीमा ६ पटक मुख्यमन्त्री फेरिएका छन्। 

अनेकौं राजनीतिक बहानामा मुख्यमन्त्री फेरिए पनि सत्तारोहण गर्ने बेलामा हरेक मुख्यमन्त्रीहरूले दोहोर्याउने वाचा चाहिँ फरक हुँदैन। 

प्रदेशलाई समृद्ध बनाउनेदेखि संघीयता बलियो पार्नेसम्मका प्रतिबद्धता दोहोर्याइरहँदा मुख्यमन्त्रीहरूले भन्न नछुटाउने अर्को वाक्य पनि छ 'प्रदेशमा भइरहेको फजुल खर्च रोक्ने, मितव्ययी बन्ने।' 

Read More
  • SBL