आर्थिक क्रियाकलाप झनै ठप्प


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
आर्थिक क्रियाकलाप झनै ठप्प

काठमाडौं : लामो समयदेखि बजारमा माग बढ्न सकेको छैन। यसले आर्थिक क्रियाकलाप ठप्प सरह छ। यसलाई नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट आर्थिक क्रियाकलाप अपेक्षित रूपमा विस्तार हुन नसकेको स्विकार गर्छन्।

अपेक्षित रूपमा कर्जा विस्तार बढेको छैन। कर्जा वृद्धिदर राष्ट्र बैंकले राखेको लक्ष्यभन्दा निकै तल छ। कर्जा वृद्धिदर घटेको छ। यसले समग्र मुद्रास्फीति पनि कम भएको छ।

चालु आवको जेठसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत छ। यो समग्रमा वार्षिक सीमाभन्दा कम भए पनि गत आवको भन्दा बढी हो। गत आवमा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत थियो। एकातर्फ कर्जा विस्तार न्यून हुनु र मूल्यवृद्धि पनि कम हुँदा आर्थिक क्रियाकलाप अपेक्षित रूपमा विस्तार नभएको डा. भट्टले औंल्याए। अझै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ (५.१ प्रतिशत) ले मात्रै बढेको छ।

Read More
  • KBL Ad