१९ हजार योगदानकर्ताले लिए तीन अर्ब ५५ करोड सापटी


१९ हजार योगदानकर्ताले लिए तीन अर्ब ५५ करोड सापटी

काठमाडौँ, असार २७ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १८ हजार ८५६ योगदानकर्ताले तीन अर्ब ५५ करोड ५९ लाख रुपियाँ सापटी लिएका छन् । करिब दुुई वर्षको अवधिमा कोषमा योगदान गरेका योगदानकर्ताले त्यो बराबरको रकम कर्जा तथा सापटी योजना अन्तर्गत विभिन्न शीर्षकमा लिएका हुुन् । कोषले २०७९ साल भदौ २ गतेदेखि विभिन्न चार प्रकारको कर्जा तथा सापटी योजना सुुरु गरेको हो । 

कोषका अनुसार जसमा सबैभन्दा धेरै विशेष सापटी योजना अन्तर्गत १८ हजार ८२५ जनाले तीन अर्ब ५० करोड लिएका छन् । यस्तै घरकर्जा तथा सापटी योजना अन्तर्गत २८ जनाले पाँच करोड ३६ लाख रुपियाँ लिएको र शैक्षिक कर्जा तथा सापटी योजना अन्तर्गत तीन जनाले २३ लाख लिएको कोषले जनाएको छ । कोषमा अहिलेसम्म सामाजिक कार्य सापटीमा कोही पनि सहभागी भएका छैनन् । 

Read More
  • SBL