आइएमएफले नेपाललाई ५ अर्ब ४५ करोड रूपैयाँ रकम सहयोग गर्दै


आइएमएफले नेपाललाई ५ अर्ब ४५ करोड रूपैयाँ रकम सहयोग गर्दै

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई प्रदान गर्ने कुल ४९ अर्ब रूपैयाँ विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गतको चौथो किस्ता दिन सहमति जनाएको छ।

तेस्रो किस्ता अन्तर्गत आइएमइफले ४ करोड १३ लाख डलर (५ अर्ब ४५ करोड रूपैयाँ) रकम सहयोग दिने भएको हो।

मंगलबार बसेको आइएमएफको कार्यकारी बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।

यो सहयोगसँगै नेपालले कुल ४९ अर्ब रूपैयाँमध्ये ३२ अर्ब ६९ करोड रूपैयाँ (२४ करोड ७७ लाख डलर) सहयोग प्राप्त गरेको हुनेछ।

Read More
  • SBL