काठमाडौं महानगरको बजेट खर्चमा सुधार


काठमाडौं महानगरको बजेट खर्चमा सुधार

काठमाडौँ — काठमाडौं महानगरपालिकाले गएको पाँच आर्थिक वर्षको तुलनामा चालु आवको बजेट खर्चमा सुधार गरेको तथ्यांक सार्वजनिक गरेको छ । महानगरको वित्त विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २४ अर्ब २० करोडमध्ये १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी अर्थात् ५१ प्रतिशत बजेट खर्च गरेको हो ।

नीति र योजनाबद्ध कार्यक्रम कार्यान्वयन गरिएकाले चालु आवमा खर्च बढेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनी भन्छन्, ‘योजना र कार्यक्रमलाई प्राथमिकीकरण गरिएका कारण पनि प्रगति हासिल गर्न सहज भयो ।’आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेकामा ६ अर्ब ४५ करोड रुपैयाँ मात्र खर्च भएको थियो । यो भनेको ४९ प्रतिशत मात्र हो ।

Read More
  • SBL